क्रिकेटको विश्व वरीयतामा नेपाल खस्कियो, कारण के होला ?
२१ वैशाख, काठमाडौं : क्रिकेटको विश्व वरीयतामा नेपालको स्थान खस्किएको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले शुक्रबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको टी–२० र एकदिवसीय दुबै वरीयता खस्किएको हो ।
यसअघि टी–२० वरीयताको १६ औँ स्थानमा रहेको नेपाल एक स्थान खस्कँदै १७ औँ स्थानमा झरेको हो। नेदरल्यान्ड्स १५ औँ स्थानमा यथावत् रहँदा युएई एक स्थान माथि उक्लँदै १६ औं स्थानमा पुगेको छ।
एकदिवसीयतर्फ…
View On WordPress
0 notes
जापानकी विदेशमन्त्री "कामिकावा" आइतबार नेपाल आउदै
२१ वैशाख, बाँके : जापानकी विदेशमन्त्री “कामिकावा योको” उच्चस्तरीय एकदिने भ्रमणका लागि आइतबार नेपाल आउने भएकी छिन्। नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल र जापानबीच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यो भ्रमणले त्यसलाई थप विस्तार गर्ने मन्त्रालयले जनाएको छ। साथै पालस्थित…
View On WordPress
0 notes
एक युवतीले ४५ वटा स्वीटर लगाएर राखिन् विश्व कीर्तिमान (हेर्नुस् भिडियो सहित)
१० फागुन, अमेरिकाको वासिन्दा रहेकी सोफिया हाइडेनले आफ्नो जीउमा एकसाथ ४५ वटा स्वीटर लगाएर गिनिज बुकमा नाम लेखाएकी छिन् । उनले एकपछि अर्को गर्दै साइट बढाउँदै ४५ वटा स्वीटर लगाएकी हुन्।
स्मरण रहोस् यसअघि सर्वाधिक स्वीटर लगाएको कीर्तिमान फ्रान्सका ११ वर्षीय थोमस होक्येट उमाम्बोको नाममा थियो र उनले सन् २०२२ मा आफ्नो जीउमा एकै पटकमा ४० वटा स्वीटर लगाएका थिए ।
वास्तवमा सोफियाको परिवारमा गिनिज बुकमा…
View On WordPress
0 notes
बिहे गरेको दुई वर्षसम्म श्रीमानले शारीरिक सम्बन्ध नराख्दा श्रीमतीले गरिन् उजुरी दर्ता
९ फागुन, भारतको बिहार राज्यको वैशाली जिल्लास्थित लालगंज थाना अन्तर्गतको एक गाउँमा बिहे गरेको दुई वर्षसम्म पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको भन्दै एक महिलाले पतिविरुद्ध उजुरी दिएको प्रहरी अधिकारी अदिति कुमारीले बताएकी छन्।
प्रहरीका अनुसार, ती महिलाले दिएको उजुरीपत्रमा विवाहपछि आफू पतिको घर गएको र दुई वर्षसम्म पनि पतिले आफूसँग शारीरिक सम्बन्ध नराखेको उल्लेख गर्दै उनले उजुरीमा यसबारे परिवारका…
View On WordPress
0 notes
हेर्नुस् अभिभावकका यी ५ बानी, जसले बच्चामा पार्छ नकारात्मक प्रभाव
सबै अभिभावकले आफ्ना सन्तानले कहिले पनि दु:ख नपाउन्, सधैं खुसी रहुन् भन्ने चाहना राख्छन् । यो स्वभाविक पनि हो । आफ्ना सन्तानले दु:ख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ?
तर कतिपय अवस्थामा आवश्यकताभन्दा बढी माया देखाउनुको नकारात्मक प्रभाव पनि पर्न सक्छ ।
बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनु:
‘सन्तान तपाईंको माध्यमबाट संसारमा आउँछन्, तर तिनीहरु तपाईंका होइनन्, संसारका…
View On WordPress
0 notes
नेपालको यो तस्विर बन्यो विश्वकै उत्कृष्ट
२६ माघ, काठमाडौं : पर्यटक फोटोग्राफर लि जु सेनले चितवनको नारायणी नदीमा झिंगा धपाउन जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्वीरले ‘सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४’ जितेको छ।
सोनी वर्ल्ड फोटोग्राफी अवार्ड–२०२४ मा प्रकृति, कला, संस्कृति र मानव जीवनका विविध पक्षसँग सम्बन्धित ३ लाख ९५ हजार तस्वीर प्रतिष्पर्धामा थिए।
ती तस्वीरहरु विभिन्न ५४ देशका फोटोग्राफरहरूले खिचेको अमेरिकी सञ्चारमाध्यम…
View On WordPress
0 notes
त्रिभुवन विमानस्थलको नयाँ मुहार फेरियो, कस्तो बन्यो छुट्टै ‘अराइभल टर्मिनल’ (हेर्नुस् भिडियोसहित)
१५ माघ, बाँके : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा आगमन (अराइभल) र प्रस्थान (डिपार्चर) एउटै भवनलाई परिवर्तन गरेर विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणले आगमनतर्फ छुट्टै टर्मिनल भवन बनाएर सञ्चालनमा ल्याएको छ ।
छुट्टै ‘अराइभल टर्मिनल’ भवन सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानर्फ यात्रुले सहज र सकारात्मक महसुस गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता…
View On WordPress
0 notes
एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दै अफगानिस्तानको केन्द्रीय बैङ्क
१४ माघ, बाँके : अफगानिस्तानमा रहेको केन्द्रीय बैङ्कले आज एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने भएको छ। राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न अमेरिकी डलर लिलामी गर्न लागेको बैङ्क जनाएको छ।
केन्द्रीय बैङ्कका अनुसार, एक विज्ञप्ति जारी गर्दै एक अमेरिकी डलरको विनिमयदर ६९ दशमलव ९ अफगानी थियो भने हिजो स्थानीय विनिमय बजारमा ७३ दशमलव ४ अफगानी भएको छ। अमेरिकी डलरको तुलनामा आफ्नो मुद्रा कमजोर हुँदै…
View On WordPress
0 notes
पुलको सामान वडाध्यक्षले चोरेको आरोप, भयो पुल निर्माणमा अलपत्र
९ माघ, बाँके : गण्डकी सरकारको गौरवको योजनाअन्तर्गत गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरंग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको भन्दै ठेकेदारले पुल निर्माणको काम अलपत्र पारेका छन्।
निर्माण कम्पनीका अनुसार, बुलिङटार–३ का वडाध्यक्ष वीष्णुवीर जर्घाले करिब ४८ लाख बराबरको पुल निर्माणका लागि राखिएका डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी गरेको आरोप कम्पनीका सञ्चालक अशोक लोहनीले बताए।
उक्त सामान…
View On WordPress
0 notes
क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले गर्यो निलम्बन
२६ पुस, बाँके : क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको जानकारी दिएका छन्।
पुस १३ गते…
View On WordPress
0 notes
धनगढीमा खुल्यो म्यारिज ब्युरो: सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम बाट जीवन साथी खोजिदिने
१२ पुस, बाँके : धनगढीमा एक युवाले फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत वर-वधू खोजिदिने सेवाको रूपमा म्यारिज ब्युरो सञ्चालन गरेका छन्।धनगढी-६ जयदुर्गे टोल मटियारीका २६ वर्षीय युवक द्रोण अवस्थीले धनगढीमा आधारित फारवेस्ट म्यारिज ब्युरो सुरु गरेका हुन् ।
उनका अनुसार धनगढी उपमहानगरपालिकामा दर्ता गरेर विवाहका लागि “म्याच मेकिङ” अर्थात् जोडी मिलाइदिने गरी ब्युरो सञ्चालनमा ल्याइएको बताएका…
View On WordPress
0 notes
प्रहरी महानिरीक्षक कुँवर भन्छन: मन्त्री नआएको भए बालकुमारी घटना हुने थिएन
१६ पुस, काठमाडौं : बालकुमारीमा प्रदर्शन भइरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नगएको भए त्यो हदसम्मको घटना नहुने प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बताएका छन्।
आज सोमबार राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन् । साथै उनले प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए।
ईपीएस भाषा…
View On WordPress
0 notes
सन् २०२४ शुरु, अंग्रेजी नयाँ वर्ष कसरी सुरुवात भयो ? हेर्नुस्
१६ पुस, बाँके : ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ।
पोप ग्रेगोरीले जुलियन पात्रोलाई ��्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत्…
View On WordPress
0 notes
नयाँ वर्षको गन्तव्य सबैको रोजाईमा पोखरा, हेर्नुहोस् सजिएका तस्वीरहरू
१५ पुस, बाँके : भोलि आउदै गरेको अंग्रेजी नयाँ वर्षमा काठमाडौं लगाएत अन्य जिल्लाहरुबाट नजिक कतै गन्तव्य रोज्नु परे सबैको मन पर्ने रोजाइ पोखरा नै हुने गर्छ । सायद…. नहोस् पनि किन आन्तरिक होस या बाह्य पर्यटक सबैको पहिलो रोजाइ मै पर्ने पर्यटकीय क्षेत्र पोखरा नयाँ वर्षको लागि तयार अवस्थामा रहेको छ । पोखराको विभिन्न लेकसाइडका होटलहरू पनि सडक महोत्सवले भरिभराउ छन्।
जस्तै: माछापुच्छ्रे, फेवाताल,…
View On WordPress
0 notes
बर्दियाबाट वनभोजका लागि आउँदै गरेको बस दाङमा दुर्घटना
१५ पुस, बाँके : बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रु बोकेको भे१ख २०४१ नम्बरको बस दुर्घटना भएको छ ।
दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङ प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।
View On WordPress
0 notes
धनकुटामा एमाले अध्यक्ष ओलीमाथि एक युवाले गरे मुक्का प्रहार !
२८ मंसिर,
धनकुटा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।
अध्यक्ष ओलि भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा स्वागतको लागि लाईनमा बसेका एक युवा महेश राईले हातपातको प्रयास गरेका हुन् ।
राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले हातपातको प्रयास गर्नुको कारण खुलेको छैन…
View On WordPress
0 notes