राजु परियारको बुवाको निधन पछि काजक्रममा बसेका राजुलाई भेट्न बद्रि पँगेनी पुग्दा भाबुक, बाबालाई भेट्न नपाउँदा पिडा (भिडियो सहित) – Anautho
राजु परियारको बुवाको निधन पछि काजक्रममा बसेका राजुलाई भेट्न बद्रि पँगेनी पुग्दा भाबुक, बाबालाई भेट्न नपाउँदा पिडा (भिडियो सहित) – Anautho
नेपाली लोक दोहोरी क्षेत्रका लोक स्वर सम्राट् राजु परियारका बुवाको निधनको खबरले गाएक बद्रि पँगेनी पनि भाबुक बनेका थिए । परियारका बुवा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार असमायिक निधन भएको थियो ।
स्वर्गीय बाबाको स्वर्गमा बासको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै गाएक बद्रि पँगेनी गहृ निवास भरतपुर महानगरपालिका वडा नम्बर २० पुर्बी भिमनगर टुडिखेलबाट पुगेका हुन । गएक…
View On WordPress
0 notes
बार्यन म्युनिखद्वारा शाल्के ३–० गोलले पराजित
बार्यन म्युनिखद्वारा शाल्के ३–० गोलले पराजित
असोज ४, जेम्स रोड्रिग्वेजले जर्मन बुण्डेस लिगा फुटबलको आफ्नो पहिलो खेलमा एक गोल गरेका छन् भने दुई गोलका लागि सहयोग गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा जर्मन क्लब बार्यन म्युनिख गएक रोड्रिग्वेजले बुण्डेस लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा क्लबलाई जिताउन रोड्रिग्वेजले महत्वपूर्ण भूमिका खेले । बार्यनले एफसी शाल्केलाई ३–० ले हराएको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्की, रोड्रिग्वेज र…
View On WordPress
0 notes
वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु गौशाला, २४ चैत । महोत्तरी जिल्लाबाट वैदेशिक रोजगारीको लागि खाडी मुलुक साउदी गएका एक व्यक्तिको गएराति शौचालयमा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ बजराही गाउँ बस्ने ३५ वर्षीय मिथिला महरा रहेको परिवारजनले बताएका छन् । चरम गरिबीसँगै लड्दै दुई वर्षअघि रोजगारीका सिलसिलामा साउदी गएका महरा गएराति सुतिरहेका बेला दिसा लाग्दा शौचालय गएको र शौचालयमै लडेर उनको मृत्यु भएको उनका भाइ सिकिन्दर महराले बताउनुभयो । साथीहरुले आज बिहान ड्युटीका लागि उनलाई उठाउन जाँदा नउठेपछि उनको ढोका फोरेर हेर्दा उनी शौचालयमै लडेर मृत अवस्थामा फेला परेको भाइ सिकिन्दरले बताउनुभयो ।मृतक मिथिलाको आमा, पत्नी, चार सानासाना छोरी र एक छोरा रहेका छन् । The post वैदेशिक रोजगारीमा गएका महराको लडेर मृत्यु appeared first on Etajakhabar.
0 notes
विदेश गएका श्रीमान्को मृत्युपछि श्रीमतीको बिचल्ली रोल्पा, २० चैत । श्रीमान्ले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् । तीस वर्षीय श्रीमान् हरिप्रसाद कामी रोजगारीको सिलसिलामा २० महिना पहिले कतार गएका थिए । कति पटक त पैसा पनि पठाए उनले । मृत्यु हुनुभन्दा केही दिन पहिले आफू बिरामी परेको खबर त गरेका थिए उनले श्रीमतीलाई । बिरामी सामान्य रहेकाले चाँडै निको हुने भन्दै नआत्तिनु भनेपछि उनी श्रीमान् छिट्टै सञ्चो हुने आशामा दिन पर्खिरहेका थिइन् । अस्पताल भर्ना भएको दिनदेखि उनको फोन पनि स्विच अफ भयो । त्यही दिन नै रहेछ उनले श्रीमान्सँग अन्तिम पटक कुरा गरेको । “फुसले छाएको सानो घर छ बुद्धमालाको । श्रीमान्ले पैसा कमाएर ल्याएपछि राम्रो घर बनाउने सपना थियो । पैसा कमाएर आउँछु भनेर गए, आउँदा बाकसमा लास बनेर फर्के,” बुद्धमालाले रुँदै भनिन् । घरको आर्थिक अवस्था कमजोर रहेका रोल्पा घर्तीगाउँका हरिप्रसाद रोजगारीको सिलसिलामा कतार पुगेका थिए । कामीको रक्त क्यान्सरका कारण गत कात्तिकमा सोही ठाउँमा मृत्यु भएपछि घरमा श्रीमती बुद्धमालाको बिचल्ली भएको छ । यसैगरी, रोल्पा जंकोटका ४१ वर्षीय तुलसीविक्रम पुन मलेसियाको क्वालालाम्पुरमा रहेको एक इन्डियन कम्पनीमा काम गर्थे । गत कात्तिक २४ गते उनी आप्mनै कोठामा मृत भेटिए । कारण थियो उच्च रक्तचाप । शिक्षित रहे पनि देशमा रोजगारी पाउन नसक्दा उनी २ वर्ष पहिले खाडी गएका थिए । घरमा श्रीमती मीना पुनसहित तीन छोरी, एक छोराको भविष्य उज्ज्वल बनाउन भन्दै खाडीमा पसिना बगाउन पुगेका उनी पनि बाकसमै लास बनेर नेपाल भित्रिए । श्रीमान्को मृत्युपछि मीना पुनको सहारा बनेका छन् साइला जेठाजु नौलसिं पुन । मृतक भाइको परिवार आफूसँग आश्रित रहेको नौलसिं पुनले बताए । “छोराछोरीले अध्ययन गर्दैछन्, बुहारीको आम्दानीको अन्य स्रोत छैन त्यसकारण मैले हेर्नु परेको छ,” पुनले अगाडि थपे । लिवाङ नगरपालिका–९ गुरुङगाउँकी कमला गुरुङ डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमान्को शवको पर्खाइमा रहेकी थिइन् । श्रीमान्को शव हेर्न नपाउँदै उनको मृत्यु भयो । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान् खुमबहादुर गुरुङको मृत्युपछि तनावमा रहेकी गुरुङको गत पुस २७ गते आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो । दिउँसो दाँत माँझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताए । श्रीमान्को मृत्युपछि लामो समयसम्म निकै तनावमा रहेकी गुरुङको हृदयघातबाट मृत्यु भएको बताइएको छ । साउदी अरबको एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमान्लाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । कमलाको मृत्यु भएको लामो समयपछि मात्रै मृतकको लास नेपाल आएको थियो । मृतकका चार नाबालिका छोरी रहेका छन् । वृद्धा हजुरआमासँग बस्दै आएका उनीहरुको पालनपोषणमा निकै समस्या रहेको छिमेकंी हरिजङ्ग गुरुङले बताए । खासगरी खाडी मुलुकमा गई ज्याला मजदुरी गर्ने रोल्पाली युवाको बाहुल्यता छ । आंशिकरुपमा दक्षिण कोरिया, जापान, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा पनि केही रोल्पाली रोजगारीका लागि पुगे पनि झन्डै ९० प्रतिशत सङ्ख्या खाडी मुलुकमा छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार दैनिक करिब १५ देखि २० जना रोल्पाली युवा वैदेशिक रोजगारीमा जान राहदानी लिने गर्दछन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म जिल्लाबाट राहदानी लिने पाँच सय ७५ जना छन् । काठमाडाँैबाट राहादानी लिनेको सङ्ख्या भने दुई हजार चार सय ७३ जना रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नासु डिल्लीराज रेग्मीले बताए । अघिल्ला वर्षको तुलनामा यो सङ्ख्या बढी हो । खासगरी देखासिकी, युवाको सङ्ख्या बढ्दै जानु, विदेशमा छिटो पैसा कमाइन्छ भन्ने धारणाले यो सङ्ख्या बढेको हुन सक्ने उनको भनाइ छ । घरेलु कामदार, कृषि मजदुर, कारखाना मजदुरजस्ता जोखिमयुक्त काममा जानेको सङ्ख्या अधिक रहेका कारण बर्सेनि थुप्रै रोल्पालीको मृत्यु हुने गरेको छ । विदेश गएका नागरिकको कार्यस्थलमै मृत्यु भएर घरमा श्रीमती र छोराछोरीको बिचल्ली हुने गरेपनि राज्यले उनीहरुको हेरचाह नगर्नु लोककल्याणकारी राज्यको मान्यता विपरीत भएको महिला नेत्री पुष्पा श्रेष्ठले बताइन् । The post विदेश गएका श्रीमान्को मृत्युपछि श्रीमतीको बिचल्ली appeared first on Etajakhabar.
0 notes
वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने चैत – १४ । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच किसिमको रोग लागेमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले बढीमा रु पचास हजारसम्मको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पहिलो चरणमा पाँच रोगका लागि मात्रै यस्तो सुविधा तय गरिए पनि पछि यसलाई विस्तार गर्दै जाने तयारी गरिएको जानकारी दिए । क्यान्सर, मृगौला, मुटुलगायतका रोग लाग्दा राज्यले दिने भनि यसअघिनै घोषणा गरेका सुविधा लिएकाहरुले समेत छुट्टै यो रकम सहयोग स्वरुप पाउनेछन् । बोर्डबाट सुविधा लिएकै कारणले त्यस्ता बिरामीले राज्यबाट पाउने अन्य सुविधाबाट वञ्चित हुनुपर्नेछैन । कामदार आफैले पालनपोषण गर्नुपर्ने पतिपत्नी, ��ोराछोरी, आमाबुबा र महिला कामदारको हकमा निजको सासू, ससुराले समेत यस्तो सुविधा पाउनेछन् । बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावलीको नियम २६को उपनियम (१) को खण्ड (ख) अनुसार स्वास्थ्य उपचारमा सहयोग गर्न र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्य सञ्चालन निर्देश��ा, २०६८को प्रकरण ९को(३)को व्यवस्थाको कार्यान्वयनका लागि बोर्डले ‘कामदारका परिवारको स्वास्थ्य उपचार सम्बन्धी मापदण्ड, २०७३’ परित गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाई यस्ता रोग लागेमा बोर्डले सो रकम उपलब्ध गराउने मापदण्डमा उल्लेख छ । यसअघि पनि रु २५ हजारसम्म परिवारका सदस्यलाई उपचार खर्च उपलब्ध गराउने व्यवस्था रहेपनि त्यसको कार्यान्वयन हुनसकेको थिएन । बोर्डका कार्यकारी निर्देशक काफ्लेले यस पटक यो मापदण्ड पूर्णरुपमा कार्यान्वयन गरिने प्रतिवद्धता जनाए । कामदारलाई राज्यकातर्फबाट प्रदान गर्ने सेवा, सुविधामा बढोत्तरी गर्दै लैजाने नीति बमोजिम यो सुविधा प्रदान गर्न लागिएको उनले बताए । रोगको अवस्थाका आधारमा सामान्य, मध्यम र गम्भीर गरी तीन तहमा विभाजन गरिएको छ । शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा रु १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा रु ३० हजार र शल्यक्रिया गरी नियमित औषधि सेवन गर्नुपर्ने अवस्थामा रु ५० हजार उपलब्ध गराइने मापदण्डमा उल्लेख छ । यस मापदण्ड बमोजिम उपचार खर्च पाउन बोर्डको सचिवालयमा सम्बन्धी व्यक्तिले निवेदन दर्ता गराउनुपर्नेछ । निवेदन दिँदा कामदारको श्रम स्वीकृतिको निस्साको प्रतिलिपि, कामदारको राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कामदार र बिरामीबीचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग स्पष्ट रुपमा खुल्नेगरी सरकारी अस्पताल वा मान्यताप्राप्त चिकित्सकको ‘प्रेस्किप्सन’ वा सिफारिसपत्र पेस गर्नुपर्नेछ । कामदारको करार अवधि सकिएको अवस्थामा भने निजको परिवारले उपचार खर्च पाउनेछैन । किरण भट्टराई The post वैदेशिक रोजगारीमा गएका परिवार बिरामी भएमा आर्थिक सहयोग पाउने appeared first on नेपाल आज.
0 notes
भूकम्प गएको दुई वर्ष हुनलाग्दा पनि पीडित अझै पालमा काठमाडौँ, ४ फागुन- भूकम्प गएको दुई वर्ष हुनलाग्दा पनि काठमाडौँको चुच्चेपाटीस्थित ताराचौरमा अहिले पनि छ सय परिवार पालमा बस्न बाध्य छन् । नुवाकोट र सिन्धुपाल्चोकमा यी परिवारले कुनै पनि राहत नपाएको गुनासो गरेका छन् । भूकम्पपीडित सुस्मिता थापाले सानो पालमुनि आठ÷नौ जना बस्नुपर्दा निकै गाह्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै राहत पाउन सकेनाँै, पिउने पानी, शौचालयको निकै समस्या छ, बालबच्चा र वृद्धवृद्धालाई रुघाखोकी र ज्वरो आउने समस्या भएको छ ।” राहत नपाएर गाउँ फर्कन नसकेका कारण जीवन गुजार्न पनि मजदुरी गर्नुपरेको भूकम्पपीडितले बताए । थापाले चौरको पालमा बस्दा महिला पनि असुरक्षित बन्दै गएकाले सरकारलाई राहत सहयोगका लागि आग्रह गर्नुभयो । चौरमा सञ्चालन भएका साना होटलमा आई रक्सी सेवन गर्न आएका पुरुषले पालमा बस्ने महिला र युवतीलाई अपशब्द बोल्ने र दुव्र्यवहार गर्ने गरेको उनीहरुले गुनासो गरेका छन् । पीडितले सरकार र प्रशासनसँग राहत र सुरक्षाको मागसमेत गरेका छन् ।
0 notes
इण्डोनेशियामा भारी वर्षासंगै गएको पहिरोमा परी ७ जनाको मृत्यु
इण्डोनेशियामा भारी वर्षासंगै गएको पहिरोमा परी ७ जनाको मृत्यु
माघ २८ । इण्डोनेसियाको बालीमा पहिरोमा परी ७ जनाको ज्यान गएको छ । पहिरोमा पर�� २ जना बालबालिका सहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । धाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । इण्डोनेसियाको राष्ट्रिय विपत व्यवस्थापनका अनुसार भारी वर्षापछि आएको पहिरोमा निधन भएको जनाएको छ । निधन भएकाको रेडकक्रसका कर्मचारी, आर्मी, पुलिसले उद्दार गरेको थियो । पहिरोमा ५ घरमा क्षति…
View On WordPress
0 notes
सुनकोशी नदीले बगाउँदा विद्यार्थी बेपत्ता
१६ साउन, मेलम्ची । सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् । बिहीबार बिहान ९ : १५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन् । बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा पसेका थिए । ‘खेलिरहेको बल खोलामा पुगेपछि झिक्नका लागि गएक रहेछन्’, शिक्षक हरेराम नेपालले भने ।
0 notes
शहीदका छोरीलाई भेट्न जाँदा !
शहीदगेटमा निकै तामझाम थियो । त्यो तामझामले हामीलाई छिसिक्क पनि छोएको थिएन । केही दिन अगाडि नै शहिदपत्नी तक्मा केसी र म शहीद दिवसको दिन पारेर भक्तपुर, सूर्यविनायक नगरपालिकाको कटुञ्जेमा रहेको एउटा परिवारमा जाने निधो गरेका थियांै ।
भौतिकरुपमा हामी त्यति धेरै परिचित नभए पनि भावनात्मकरुपमा त्यो परिवारसँग अत्यन्तै निकट रहेको महशुस हुन्थ्यो । हाम्रो आफन्तको बलिदानी र त्यो परिवारको सदस्यको बलिदानीले हामीलाई निकै भावविह्वल बनाउँथ्यो । हामी आफंै त्यहाँ पुग्न सक्ने अवस्था थिएन ।
कसैको सहारामा जानुपर्ने अवस्था रहेकाले हामीले भक्तपुरका वैद्य माओवादीका तत्कालीन जिल्ला इञ्चार्जको सहयोगमा पुग्ने योजना बनायौं र सहयोग माग्यांै । उहाँहरुले पनि हामी दुबै शहिदपत्नीलाई शहिद परिवारसँग भेटाउन लगाउँदा अस्वीकार गर्ने कुरै भएन । हामी उहाँहरुका साथमा सूर्यविनायक चोकबाट अगाडि बढ्यौं ।
मेरो मनमा तातो बाफ मडारिएको थियो । जुन परिवारमा श्रीमान–श्रीमती दुबैलाई हत्या र बेपत्ता पारिएको थियो भने उक्त दम्पत्तिको नासोको रुपमा दुई सन्तान पूनम र पूजा अभिभावकविहीन थिए । उनीहरुको भरणपोषण उनीहरुकी बृद्धा हजुरआमाले गर्नुभएको थियो ।
२२ बर्षका रामगोपाल बिसंखे ०५८ सालमा तत्कालीन शाही सेनाद्वारा भक्तपुरकै कटुञ्जेमा मारिए । उनकी श्रीमती दुर्गा बिसंखे ०५९ सालदेखि राज्यद्वारा हालसम्म बेपत्ता छन् । कान्छी छोरी बुवा रामगोपालको हत्या हुँदा मात्र ४ महिनाकी थिइन् । जेठी छोरी २ बर्षकी ।
छोरा र बुहारीको घटनापछि ती बुढीआमाको मानसिक सन्तुलन स्थिर छैन । उनी कसैसँग गफ गर्न रुचाउँदिनन् । तर, हामी माओवादी समर्थक भन्ने थाहा पाएर चियाले स्वागत गरिन् । तर उनको आँखामा आँशु भरिएको थियो । सन्तानको नाममा एक्लो छोरो मारिएपछि उनको जीवनमा खुशीका क्षणहरु सकिएको नमीठो अनुभव सँगालेकी छन् उनले ।
काख रित्तिँदाको पीडा शब्दमा ब्यक्त गर्न सकिदो रहेनछ । राज्यद्वारा छोराबुहारीको हत्या र बेपत्ता पछि पनि उनी र उनकी कान्छी छोरी सुस्मितालाई सेना पुलिसले निकै यातना दिने गरेको, सामान लुटपाट गरेको, आतंकित पार्ने गरेको, सयौंपटक घरमा छापा मार्ने जस्ता क्रियाकलापले उनको मन झनै बेचैन बनेको तीतो यथार्थताले उनलाई अहिलेसम्म पनि मुलुकमा शान्ति आएको अनुभव छैन । एकातिर परिवारका सदस्य भौतिक रुपमा विछोडिएको नमीठो पीडा र अर्कोतिर यसरी तर्साउँदा आफ्नो मानसिक सन्तुलन गुमेको पीडा छ ती बुढीआमा सीतामा ।
कलिलै उमेरमा दाजुभाउजूको हत्या र बेपत्ताको कारण साना नानी भतिजीहरुको लालनपालनको निम्ति बाध्य भए�� पढाइ छाड्दै रोजिरोटीका निम्ति भौंतारिएको कथाव्यथा पनि कम दर्दनाक छैन स्वस्तिका बिसंखेको । उनी नै ती बुढीआमा र भतिजीहरुको रेखदेखमा सक्रिय छिन् । आफ्नो निजी जीवनभन्दा पनि यिनै भतिजीहरु पाल्न सके ठूलो कुरा हुने धारणा छ उनको ।
जतिजति उनीहरुले यथार्थता सुनाउथे, धेरैपटक हामीमा सन्नाटा छाउँथ्यो । के बोल्ने भन्ने विषय नै थिएन हामीसँग आँखाभरि आँशु बनाउनुबाहेक । मेरो आखा पटक–पटक छोरीहरुमा पुग्थ्यो, सानी छोरीलाई बुवाआमाको अनुहार कत्ति पनि याद छैन । ठुली छोरीलाई अलिअलि थाहा छ ।
ठुलीले भित्र गएर आमाबुवाको फोटो लिएर आइन् । हजुरआमा, फुपूले जतिजति आफ्ना आमाबुवाको कुरा गर्थे ठुली छोरीले अनुहार निकै बिगार्थिन् अनि आँखाभरि आँशु । सम्हालिन कठिन भैरहेको थियो ।
संकटकालीन अवस्थामा माओवादीको कुनै नेता कार्यकर्ता बिसंखे परिवारमा पुगेन सुरक्षाको कारण देखाउँदै । तर, शान्ति प्रक्रियामा आएको यतिका बर्षसम्म पनि कुनै नेताकार्यकर्ता नपुगेको तीतो यथार्थता छ उनीहरुसँग । ती कलिला बाबु���माविहीन नानीहरुले आजकल नमीठो अनुभूति सँगाल्न थालेका छन् ।
कक्षामा प्रथम हुने दुवै नानीहरुलाई जतिबेला माओवादी सरकारमा रहन्छ, कसैले छेडछाड गर्दैन । तर जतिबेला माओबादी सरकारबाट बाहिरिन्छ, अनि विद्यालयमा गुरुआमा गुरुबाले तिम्रा बाआमा मारिएर के भो त ? खै त तिमीहरुको पार्टीले तिमीहरुलाई संरक्षण गरेको भनेर निकै खिसिटिउरी गरेको र निकै हेपिएको महशुस गरेका छन् उनीहरुले । स्कूललै जान नपरे हुने थियो जस्तो लाग्ने गरेको अनुभव छ ती नानीहरुको ।
त्यतिमात्र होइन, फुर्सद नभएर होला, हामीलाई भेट्न नआएका । हामीमात्र होइन, यो देशमा धेरै मान्छेहरु मारिएका छन् । नेताहरुले यतिका मान्छे मरेर सत्तामा गएक त्यत्तिकै हामीलाई धोका देलान् र ? बरु आजकल मानव अधिकारवादी भन्दै आएर भन्दै नभनेका कुरा लेखिदिन्छन् । नेताहरुलाई भेट्नुभयो भने मेरो सानो गुनासो क्रान्तिको झण्डा नबिसाउन भनिदिनु भन्नुहुन्छ ती बृद्धआमा सीताले । सहिदको सपना पूरा भएको छैन । न त मुलुकमा कुनै परिवर्तन भन्दै आँखाबाट आँशु झार्नुहुन्छ बुढीआमा ।
हामी अवाक भयौं। दुवै शहिद पत्नी हाम्रो पनि आफ्नै कथाब्यथा थिए । तर, हाम्रो भन्दा अझ दर्दनाक ती छोरीहरुको अवस्था थियो । जसले हामीलाई धेरैपटक मौन बनायो ।
आखिर के दोष थियो ती कलिला नानीहरुको, जसले आमाबाबुको अनुहार नै चिन्न समेत पाएनन् ? बाबुआमाको तस्वीरमा रहेको आकृति देख्दा उनीहरुको मनोविज्ञान कस्तो हुन्छ होला ? अरुको बाबुआमाले आफ्ना सन्तानको निम्ति गरेको ब्यवहार देख्दा, आफ्ना सन्तानको भविष्यको चिन्ता गरेको देख्दा तिनीहरुलाई कस्तो महशुस हुँदो होला ? रातको चकमन्न अँध्यारोमा कतैबाट बेपत्ता पारिएकी आमाले दैलो उघार्न लगाउँछिन् कि भन्ने आाशामा कति तडपिँदा हुन् ?
मलाई सपनामा हराएजस्तो बेचैन भयो । केही समय बसेपछि हामीले केही तस्वीर लिने अनुमति माग्यांै र विदावारी हँुदै बाटो लाग्यांै । तर, मलाई निकै पीडाले सतायो । जतिजति बाटो काट्यौं, तक्मा दिदीका र मेरा पाइलाहरु लर्बराउँदै गए ।
जातीय, क्षेत्रीय, वर्गीय आन्दोलनमा ती जोडीजस्ता हजारौंको जोडीले यसरी नै आफ्नो बलिदानी स्वीकारे । हिजोका विद्रोहीहरुले पटक–पटक सत्ता सञ्चालन गरिसकेका छन् । शहिदको सन्तानको नाममा कैयांै नेताका छोराछोरीले उच्च शिक्षा हासिल गरेका छन् । तर, ती नानीहरुको निम्ति पहिलो आवश्यकता गास बनेको छ अनि शिक्षा त पाएँ मात्र भन्ने छ ।
मलाई ०५९ सालमा नवलपरासीको सुखौरामा एक बृद्ध बाले भनेका थिए, ‘नानी, यति कलिली छौ, आमाबुवालाई नरुवाउ, म पनि एमालेको कार्यकर्ता हुँ तिमीहरुजस्तै भुमिगत भएर हिँडेको हुँ । जब पाटी सरकारमा गयो, मजस्ता कार्यकर्ता सडकमा फालियांै । जीवन धेरै महत्वपूर्ण छ, खेर नफाल ।’
त्यतिबेलाको मेरो जवाफ थियो– बा, हामी एमाले कहाँ हो र ? हामी त माओवादी हौं । हाम्रो नेतृत्वले विगतको कम्युनिष्ट आन्दोलनबाट पाठ सिक्दै एमालेले जस्तो कमजोरी गर्नै सक्दैन ।’
बुढाबाले भनेका थिए, ‘जब तिम्रो पार्टीले धोका दिएर तिमी सडकमा पछारिन्छ्यौ, त्यतिबेला धेरै ढिलो भैसकेको हुनेछ, अनि मलाई सम्झेर केही फाइदा हुने छैन ।’
मैले सबैलाई शंका गरेर कहाँ हुन्छ र हाम्रो पार्टीबाट त्यस्तो गद्दारी हुनै सक्दैन भनेर उल्टो ती बालाई सम्झाउने कोशिस गरेकी थिएँ ।
तर, जब म बिसंखे परिवारमा गएँ, तिनै बाले भनेका कुराहरु मानसपटलमा घुम्न थाले ।
सायद ती बिसंखे दम्पतिले पनि मैलेजस्तै जवाफ दिन्थे होलान् । हामी मरे पनि हाम्रा सन्तान पार्टीले हेर्छ भन्ने सोचेका थिए होलान् । आफ्ना सन्तान टुहुरा हुन्नन् भन्ने सोचेका थिए होलान् ।
तर, आज परिस्थिति फेरिएको छ । हिजोको विद्रोहीहरुले पटक–पटक सत्ताको नेतृत्व गरेका छन् । सहिदको सन्तानको नाममा आउने सेवा सुविधामा पनि नेताका छोराछोरीले उपभोग गरिरहेका छन् । बिसंखे दम्पत्तिका सन्ततिहरुलाई हातमुख जोर्न पनि सकस छ पढाइ त कताकता ! शान्ति प्रक्रियाको यतिका समयसम्म कोही कसैले भेट्न आउने भन्ने कुरै छैन ।
द्वन्द्वले जसको अभिभावक गुमेको छ, त्यसको अभिभावक राज्य बनिदिनु पर्दैनथ्यो ? गास बास कपास अनि शिक्षा स्वास्थ्य रोजगारको ब्यवस्था गर्नु पर्दैनथ्यो ?
यी प्रश्नहरु कयौं दिनसम्म मेरो मानसपटलमा नाचिरहे । ती महान छोरीहरुलाई सम्मान छ । यतिधेरै बाधाअडचनका बाबजुद पनि उनीहरुले आफूलाई पढाइमा अब्बल दर्जामा उभ्याएका छन् । सम्मान छ छोरीहरु, पीडाले त तिमीहरु स्पातिलो बनेका छौ !
0 notes