Tumgik
Text
सतुंगल मातातिर्थ देउराली कुलेखानी सडक बन्द हुने
चन्द्रागिरि नगरपालिका वडा नं ८ ले सतुंगल मातातिर्थ देउराली कुलेखानी सडक बन्द हुने सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा ८ वडाध्यक्ष प्रलाद रिजालद्वारा जारि गरिएको उक्त सुचनामा पुर्वाधार बिकास कार्यालयको मिति २०८१।१।६ च.नं. १६४४ को पत्रानुसार सतुंगल मातातिर्थ देउराली कुलेखानी सडकको निर्माण कार्य गर्न उक्त सडकमा सवारीको चाप अत्याधिक भई निर्माण कार्य गर्न असहज भएकोले सम्पूर्ण सवारी साधनलाई आवतजावत…
Tumblr media
View On WordPress
0 notes
Text
तेस्रो ब्राइट फ्युचर फुट्सल कपको उपाधि वेस्ट पोइन्टलाई 
तेस्रो ब्राइट फ्युचर सी फुट्सल कप २०८१ सम्पन्न भएको छ । चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ मा अवस्थित ब्राइट फ्युचरले भव्य रुपमा तेस्रो ब्राइट फ्युचर फुट्सल कप आफ्नै घरेलु मैदानमा सम्पन्न गरेको छ। प्रतियोगिताको समुद्घाटन राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्काज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। करिब बिहान ८:४५ मा समुद्घाटन भएको कार्यक्रममा पहिलो सेमीफाइनलमा जेसिस इन्टरनेसनल स्कुलले…
Tumblr media
View On WordPress
0 notes
Text
चन्द्रागिरि नगरपालिका वडा नं. २ मा सवारी दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरि नगरपालिका वडा नं. २ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरी वृत्त थानकोटका अनुसार पिपलामोड नजिकै ढलान सडकमा ना.७ ख ९१८७ नम्बरको मिनी ट्रक र लु.१ ख ८२६६ नम्बरको चक्के ट्रक एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मिनी ट्रक चालक धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३४ वर्षीय ज्ञान कुमार राईको मृत्यु भएको हो  । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम समाज अस्पताल सतुङ्गलमा…
Tumblr media
View On WordPress
0 notes
Text
चन्द्रागिरि र कीर्तिपुरकाे सिमाना स्थित बखु खाेलामा एक अपरिचित पुरूषकाे शव फेला
चन्द्रागिरि र कीर्तिपुरकाे सिमाना स्थित बखु खाेलामा एक अपरिचित पुरूषकाे शव फेला परेको छ । चन्द्रागिरि- १५ को सिभिल हाेम्समुनि खाेलामा पुरूषकाे शव फेला हाे । शवकाे मुख र दाहिने आँखामा चोट देखिएको छ भने, पानीमा डुबेको अवस्थामा भेटिएको हाे । नैकाप प्रहरी टाेली घटनास्थलमा खटिएकाे छ । साथै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे बताइएको छ। तस्बिर: वीरेन्द्र शाक्य
Tumblr media
View On WordPress
0 notes
Text
सीप सिकौं, स्वरोजगार बनौ भन्ने नाराका साथ विभिन्न क्षेत्रको सीपमुलक तालिमका संचालन हुने
प्रदेश युवा परिषद् बागमतीले विभिन्न सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती काठमाडौंले विभिन्न क्षेत्रको सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो । वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवालक्षित आवेदन फारम खुल्ला…
Tumblr media
View On WordPress
0 notes
Text
ललितपुरमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गएराति दुईजनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिनुभयो । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको…
Tumblr media
View On WordPress
0 notes
Text
कीर्तिपुरमा एक युवा मृत फेला
कीर्तिपुर नगरपालिका वडा नं.३ को दिखु घाट क्षेत्र जाने बाटोनजिक कुंवामा घाेप्टिएकाे अवस्थामा एक जना युवाको शव फेला परेको छ। अन्दाजी ३०-३१ वर्षका देखिने एक अपरिचित पुरुषको लास फेला परेको हाे । घटनास्थलमा सिरिञ्ज र लागू अाैषध एम्पुलका स-साना सिसीहरू फेला परेको प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । प्रहरीका अनुसार पहिचान खुल्ने कुनैपनि वस्तु फेला नपरेको र लास नालीमा घाेप्टिएकाे अवस्थामा पुरै हिलाम्मे…
Tumblr media
View On WordPress
0 notes
Text
सकुशल भेटिए सन्देश बलामी
चैत २ गते शुक्रबार दिउँसोदेखि सम्पर्कविहिन रहेका सन्देश बलामी सकुशल भेटिएका छन् । उनका बुबा तिर्थराज बलामीले दिनुभएको टेलिफोन जानकारी अनुसार भारतको मध्य प्रदेश हुँदै उनी नेपाली माटोमा टेक्न आइपुगेका छन् । रक्सौल – बिरगंज हुँदै अहिले उनलाई लिएर उनका बुबा र आफन्तको टोली काठमाडौँ आउँदै गरेको जानकारी उनका आफन्त विजय श्रेष्ठले बताउनु भयो । बागमती प्रदेश ०२ – ०३१ , प ८९९७ नम्बरको पहेँलो स्कुटीसहित…
Tumblr media
View On WordPress
0 notes
Text
३ दिनदेखि सम्पर्कमा छैनन् सन्देश बलामी
चन्द्रागिरि नगपालिका वडा नं ४ थानकोट , टेकानपुरका १९ वर्षीय सन्देश बलामी ३ दिनदेखि सम्पर्कमा छैनन् । शुक्रबार दिउँसोदेखि सम्पर्क विहिन भएका उनको अहिलेसम्म कुनै खबर आएको छैन । बागमती प्रदेश ०२ – ०३१ , प ८९९७ नम्बरको पहेँलो स्कुटीसहित हराइरहेका उनको मोबाइल शुक्रबार दिउँसैदेखी स्विच अफ छ । विश्व निकेतनमा कक्षा १२ मा पढिरहेका उनको आजैदेखी प्री परिक्षा शुरु हुँदैछ । घरमा त्यस्तो कुनै झैझगडा नभएको र घर…
Tumblr media
View On WordPress
0 notes
delicatedetectivecat · 2 months
Text
प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मत्यु घटना : चालक सहायक हवल्दारविरुद्ध दर्ता भयो ज्यान मुद्दा
काठमाडौं– ड्युटीमा रहेका प्रहरीका सहायक हवल्दारको प्रहरीकै भ्यानबाट खसेर मृत्यु भएको घटनामा चालक प्रहरी सहायक हवल्दार विरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ। प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीको भ्यानबाट खसेर मृत्यु भएको घटनामा भ्यानका चालक तथा प्रहरी सहायक हवल्दार रामप्रसाद यादवलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको हो। यादव विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा…
Tumblr media
View On WordPress
0 notes
delicatedetectivecat · 2 months
Text
चन्द्रागिरिका चार वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका चार वडालाई ‘बाल बालश्रम मुक्त वडा’ घोषणा गरिएको छ । बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने ध्येयका साथ नगरको १५ वडामध्ये बुधबारसम्म वडा नं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ८ मातातीर्थ र वडा नं १४ नयाँ नैकापलाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । बालमैत्री नगर निर्माणमा अघि बढिरहेको नगरपालिकाले निकट भविष्यमा अन्य दुई वडालाई…
Tumblr media
View On WordPress
0 notes
delicatedetectivecat · 2 months
Text
बलम्बु प्रभाग गोली प्रकरण: गोली चल्नुमा इन्स्पेक्टरको कमजोरी, विभागीय कारबाही सिफारिस
काठमाडौँ । प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनाबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । प्रहरी नायव उपरीक्षक गंगा पौडेल नेतृत्वको समितिले जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीलाई छानबिन प्रतिवेदन बुझाएको हो । ६ फागुनमा प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चलेको थियो । सो घटना छानबिन गर्न ७ फागुनमा छानबिन समिति गठन गरिएको थियो…
Tumblr media
View On WordPress
0 notes
delicatedetectivecat · 2 months
Text
शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउदै
काठमाडौं- प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म…
Tumblr media
View On WordPress
0 notes
delicatedetectivecat · 2 months
Text
आज महाशिवरात्री, भगवान शिवको पूजा-आराधना गरी मनाईंदै
काठमाडौं- आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो । हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ । महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । देशभरका शिवालयहरुमा…
Tumblr media
View On WordPress
0 notes
delicatedetectivecat · 2 months
Text
त्रिशूली बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत, चन्द्रागिरि बस्ने एक पुरुषको निधन
त्रिशूली नदीमा बुधबार बिहान यात्रुवाहक बस खस्दा सात जनाको मृत्यु भएको छ। रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने ३८ जनाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)…
Tumblr media
View On WordPress
0 notes
delicatedetectivecat · 2 months
Text
चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण : दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने
काठमाडौँ, फागुन २१ गते । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे,…
Tumblr media
View On WordPress
0 notes
delicatedetectivecat · 2 months
Text
चन्द्रगिरि केबलकारमा आपतकालीन उद्धार अभ्यास
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले काठमाडौंको चन्द्रागिरि केबलकारमा आपत्कालीन उद्धार अभ्यास गरेको छ । प्रहरी बल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौँको आयोजना र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा चन्द्रागिरीमा फागुन १५ गते केवलकार आपतकालीन उद्धार अभ्यास-२०८० सम्पन्न भएको छ । प्राकृतीक तथा यान्त्रिक खरावीका कारण केवलकारमा सवार यात्रुहरु विच बाटोमै रोकिन सक्ने जोखिमको सम्भावना…
Tumblr media
View On WordPress
0 notes